१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


एकीकृत समाजवादीको सचिवालय समिति २४ सदस्यीय रहने


754
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संविधान संशोधनका लागि सुझाव पेस गर्न कार्यदल बनाएको छ ।

पार्टी स्थायी कमिटिको बैठकले संविधान संशोधनको लागि आवश्यक सुझावसहितको प्रतिवेदन पेस गर्न पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमासात सदस्यीय कार्यदल बनाएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । उहाँकाअनुसार कार्यदलमा अन्य सदस्यहरुमा गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहनुभएको छ ।

प्रवक्ता खतिवडाले बैठकले केन्द्रिय सचिवालय समिति समेत गठन गरेको बताउनुभयो । केन्द्रिय सचिवालयमा केन्द्रिय कमिटिका अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरु, उपाध्यक्षहरु, महासचिव, उपमहासचिव र सचिवसहित २४ सदस्यीय समिति रहने उहाँले बताउनुभयो ।

त्यस्तै बैठकले अगामि निर्वाचनमा एक्लै निर्वाचन लड्ने र त्यसको तयारीको लागि जनताको बीचमा जाने समेत निर्णय गरेको छ । प्रवक्ता खतिवडाकाअनुसार जनजिविका, सुशासन र भ्रष्टाचारको सम्बन्धमा जनताको चेतना वृद्धि गर्नको लागि जनसंघर्ष अथवा आन्दोलनको माध्यमबाट पार्टीको सुदृढिकरण र निर्माण गर्नको लागि आन्दोलन र जनसंघर्ष गर्ने निर्णय गरिएको छ । जनसंघर्षका कार्यक्रमहरु केही दिनमा सार्वजनिक गरिन उहाँले बताउनुभयो ।

पार्टीलाई जनतासँघ जोड्नको लागि स्थानीय तहदेखि केन्द्रीय तहसम्म जनसंघर्ष गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।