१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


भ्रष्टहरुको मुख नभई अपराध हेरेर कारबाही गर्ने प्रधानमन्त्री ओलीको दाबी


624
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरुको मुख नभई अपराध हेरेर कारबाही हुने दाबी गर्नुभएको छ ।

ललितपुर महानगरपालिकाको १ सय ६औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सुशासन कायम गर्न भ्रष्टहरुको मुख नहेरिने जिकीर गर्नुभयो ।

कर्मचारीहरुले पनि जनतालाई दुःख दिन नहुने भन्दै उहाँले जनप्रतिनिधि र कर्मचारीले घमण्डभाव नराखी काम गर्नुपर्छ भन्नुभयो ।

जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त नेपाल निर्माणको बाटामो अगाडि बढ्नुपर्ने भन्दै ओलीले पछिल्लो समय सरकार गरीब जनताको अभिभावक बनेर प्रस्तुत भईरहेको जिकीर पनि गर्नुभयो ।