७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


रवि लामिछानेलाई अदालत उपस्थित गराइयो


1.729k
Shares

काठमाडौं । सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको छ ।

सभापति लामिछानेलाई हिरासत म्याद थपका लागि मंगलवार जिल्ला अदालत कास्की उपस्थित गराइएको हो ।

यसअघि मंसिर २७ गते उनमाथि अध्ययनका लागि ५ दिनको म्याद थप गरिएको थियो । उनीसँगै प्रहरीले गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, जीवि राईका सहयोगी लिला पछाईंलाई पनि अदालत उपस्थित गराएको छ ।

लामिछानेलाई अदालत उपस्थित गराएसँगै उनलाई भेट्न उनकी पत्नी निकिता पौडेल जिल्ला अदालत कास्की पुगेकी थिइन् ।