काठमाडौं । मलेसियामा जारी एसीसी अण्डर नाइन्टिन एसिया कप महिला क्रिकेटमा आज नेपालले भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ११.४५ बजेदेखि शुरु हुनेछ ।
क्वालालम्पुरको बायुमास ओभल मैदानमा हुने यो खेलको विजेताले समुह विजेताको टुंगो लगाउनेछ । समुहमा भारत र नेपालले समान एक एक खेल जितेका छन् । पाकिस्तानलाई हराउँदै २-२ अंक जोडेका नेपाल र भारत सुपर फोरमा प्रवेश गरिसकेका छन् ।
अण्डर नाइन्टिन एसिया कप महिला क्रिकेटको समुह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान रहेका छन् भने समुह ‘बि’ मा बंगलादेश, श्रीलंका र मलेसिया छन् ।
दुवै समुहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा फेरि चार टोलीबिच लिग म्याच हुनेछ । राउण्ड रोबिन आधारमा हुने सुपर फोरका शीर्ष दुई टोलीबिच फाइनल भिडन्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस्