२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


ध्वंसात्मक नभई रचनात्मक आलोचना गरौं : अध्यक्ष दाहाल


143
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय अभ्यासमा आलोचना गर्दा ध्वंसात्मक नभई रचनात्मक आलोचना गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले संसदमै कतिपय सांसद एवं सचिवालयका पदाधिकारीहरुले गर्ने आलोचनाहरुमा रचनात्मकताको कमी देखिने गरेको बताउनुभयो । सबैले नियतवस ध्वंस फैलाउने गतिविधि गरेको कानून आकर्षित हुने बताउनुभयो ।

अध्यक्ष दाहालले संसदीय पत्रकारहरुले पनि सकारात्मक सन्देश दिने खालका समाचारहरु संपेषण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले समाचारबाट नकारात्मक सन्देश गएको खण्डमा ध्वंसात्मक स्थिति सिर्जन हुने भएकाले यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताउनुभयो ।

संसद सेवालाई अझै प्रभावकारी बनाउन सरोकारवाला सबैले सक्रियताका साथ काम गर्न जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ ।