काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, योमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले ‘आज धान्य पूर्णिमाको दिन । पुरानो कृषि युगमा यस दिनको ठुलो महत्व छ । असारमा रोपेको धान मङ्सिरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो ।’ व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले पूर्वी पहाडमा जाडो छल्न उभो लेकबाट बेँसी (उधो) झर्ने दिनका रूपमा आज उँधौली पर्व मनाइने प्रचलन रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्