काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध ३२ रनको जित निकालेको छ ।
चितवनको यो जितसँगै पोखरा एभेन्जर्स र विराटनगर किंग्स प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा जितका लागि १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा सबै विकेटको क्षतिमा १४८ रनमा समेटियो ।
प्रतिक्रिया दिनुहोस्