काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद सेवाको प्रभावकारिताबारे समिक्षा गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष दाहालले २३ वर्षअघि गठन गरिएको संसद सेवाको लक्ष्यमा पुग्नसक्यौं कि सकेनौं भनेर समिक्षा गर्नुपर्ने बेला भएको बताउनु भयो । उहाँले संसदको आवश्यकताअनुसार संसद सेवाको पुनःसंरचनाको लागि नीतिगत, तथा व्यवहारिक पहलकदमी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानमा राज्यका तीन वटै अंगहरुको भूमिका प्रष्टसँग उल्लेख गरिएको उल्लेख गर्दै व्यवहारिक रुपमा प्रयोग भए/नभएको समिक्षा गर्न जरुरी रहेको समेत बताउनुभयो ।
सचिवालयका कर्मचारी सांसद र सरकारले संसद सेवालाई प्रभाकारी बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा उहाँको जोड छ ।
प्रतिक्रिया दिनुहोस्