५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


नराम्रा कामहरुको नेतृत्व प्रचण्ड महोदयले गर्दै हुनुहुन्छ : प्रधानमन्त्री ओली


2.015k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भ्रमको खेती गरिरहेको बताउनुभएको छ ।

शुक्रबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले माओवादी देशमा आएसँगै जाली, फटाहा, बेइमानी सुरु भएको र मान्छेहरुलाई दुःख दिने कुप्रचार गर्ने काम शुरु भएको आरोप लगाउनुभयो । उहाँले नराम्रा कामहरुको नेतृत्व (माओवादी केन्द्र)का अध्यक्ष दाहालले गरिरहनुभएको बताउनुभयो । उहाँले (माओवादी केन्द्र) नेकपा एमाले र आफूबिरुद्ध बढी भ्रम पैदा गर्नेमा सक्रिय रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफू जतिसुकै भ्रम पैदा गरेपनि सहन गरेर बसिरहेको बताउनुभयो । झुटको खण्डन गरेर आफूहरु अघि बढ्ने र झुटोलाई पराजित गरेरै छोड्ने उहाँको अठोट थियो । अध्यक्ष दाहाल भ्रष्टाचारीको संरक्षक, भ्रष्टाचारीलाई काँध हालेर कुद्ने मान्छे भएको बताउनुभयो । नेकपा एमाले जनताको मनमा बस्यो र एमाले अध्यक्ष स्थापित भयो भन्ने पीर माओवादीलाई परेको बताउनुभयो ।

अध्यक्ष ओलीले देशमा कानून रहेको र कानूनको राज देशमा बनाएर छोड्ने बताउनुभयो । देशमा भ्रष्टाचारको अन्त्य गरेर छोड्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कुनैपनि भ्रष्टाचारीले कुनै भ्रमको सहायता लिएर कुनै प्रकारका अनुचित, असंवैधानिक, गैरकानूनी, हिंसात्मक, झुट, बेइमानीको बाटो लिएर भ्रष्टाचारबाट उम्किन्छु भन्ने नसोच्न चेतावनी दिनुभयो । उहाँले भ्रष्टाचार गर्ने जो कोही भएपनि मुख नहेरिने बताउनुभयो ।