१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र हो : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नन्हाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले यस्ता सम्मेलनले नेपाल र चीनबीचका मात्रै नभइ अन्य देशमा रहेका बौद्ध धर्मावलम्वीहरुरबीचको सम्बन्ध अझ प्रगाढ बनाउने, आपसी प्रेरणा जागृत गराउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले एशियाका ज्योतीको रुपमा परिचित गौतमबुद्धको जन्मस्थलमा भइरहेको यो कार्यक्रमले नेपाल र बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल बौद्धमार्गीहरुका लागि अध्ययनको थलो भएको समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीलाई समृद्ध र संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । गौतम बुद्धको शिक्षाले जीवनलाई सार्थक र उज्यालो बनाउने बताउनुभयो । उहाँले नेपालबाट विश्वमा शान्तिको सन्देश दिन सक्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले गौतम बुद्धका शिक्षाले शान्ति, करुणा, जनतामा समझदारी र मार्ग दर्शन गर्ने बताउनुभयो ।