८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


हिरो एक्स्ट्रिमका नयाँ मोडल सार्वजनिक


1.768k
Shares

काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल र स्कूटर निर्माता हिरो मोटोकर्पले नेपालमा दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको हो ।

एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८५ हजार र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार र एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार कायम गरिएको कम्पनीले जनाएको छ ।

गुणस्तरीय, आकर्षक एवं मूल्य प्रतिस्पर्धी यी बाइक पनि छिटै नै नेपाली युवामाझ लोकप्रिय बन्ने कम्पनीको विश्वास छ । सार्वजनिक यी दुवै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा एसेम्बल गरिएको कम्पनीले जनाएको छ ।

यो अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस र जुम ११० स्कूटर पनि असेंम्बल गरिंदै आएको छ ।