८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली


923
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको बताउनुभएको छ ।

बिहीबार त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालय उपकुलपतिले नै सञ्चालन गर्ने भन्दै आफूले कुनै हस्तक्षेप नगरेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा साँच्चिकै मेरिटोक्रेसी लागू गर्नुपर्ने बताउनुभयो । स्वायत्त संस्थाले मेरिटोक्रेसी ल्याउँदा साँच्चैको मेरिटोक्रेसी हुनुपर्ने उहाँको भनाइ थियो । साना कुरामा नअल्झिकन विश्वविद्यालयलाई मजबुत बनाउनुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालय अफ्ठ्यारोमा नपरोस् भन्नेकुरामा कुलपतिले ध्यान दिने पनि बताउनुभयो । उहाँले पुस ७ गतेको विश्वविद्यालय सिनेटमा निमित्त डिनसहित उपस्थित हुन निर्देशन दिनुभयो । साथै विश्वविद्यालयले विश्वविद्यालयको नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पास गरेको छ । सभामा पेस भएका १२ बुँदे प्रस्तावमध्ये ११ बुँदा पास भएका हुन् ।