८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


जाजरकोटमा जिप दुर्घटना हुँदा ५ को मृत्यु, २ घाइते


364
Shares

काठमाडौं । जाजरकोटको नलगाड– ३ बासकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

नलगाड नगरपालिकाको कालीमाटी बजारबाट कैना हुँदै कट्के जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो बुधवार राती बासकोटको मोडमा सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नलगाड नगरपालिका– ३ करुवाका गाडी चालक ३१ वर्षीय इन्द्रजीत थापा, ६४ वर्षीया शीला पुन, १७ वर्षीया लक्ष्मी पुन, लक्ष्मी पुनका एक महिनाका छोरा, ३२ वर्षीया शारदा थापा, रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जिपमा सवार सात जनामध्ये २ जना घाइते भएका हुन् । उनीहरूमध्ये २१ वर्षीय जीवन विक सामान्य उपचार पछि घर फर्किएका छन् भने अर्का घाइते १९ वर्षीय जनक थापाको नलगाड नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।