८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


अफ्गानिस्तानमा भएको विष्फोटमा मन्त्री मारिए


0
Shares

एजेन्सी । अफ्गानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा तालिबान सरकारका एकजना मन्त्रीको मृत्यु भएको छ ।

आन्तरिक मन्त्रालयभित्र भएको आत्माघाती बम हमलामा तालिबानका शरणार्थी मन्त्री खलील हक्कानी मारिएका हुन् ।

सन् २०२१ को जुन महिनामा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा गरिएको आतंकबादी हमलामा मारिनेमा हक्कानी उच्च प्रोफाइलका नेता हुन् । हक्कानी आफ्नो कार्यालयबाट बाहिरिनेक्रममा एक जना आत्माघाती आक्रमणकारीले विष्फोट गराएका थिए ।

अमेरिकाले आतंकवादी घोषणा गरेका खलील हक्कानी तालिबानमा हक्कानी नेटवर्क भनिने शक्तिशाली गुटका शीर्ष सदस्य थिए । इस्लामिक स्टेट समूह (आईएस) ले यो आक्रमणको जिम्मेवारी लिएको छ ।