Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


डम्बर धमीको स्मृतिमा अनेरास्ववियूद्धारा ५१ हजार राशीको पुरस्कार घोषणा


4.5k
Shares

काठमाडौं । विद्यार्थी नेता डम्बर धमीको स्मृतिमा अनेरास्ववियूद्धारा ५१ हजार राशीको पुरस्कार घोषणा गरेको छ ।

गत मंसिर ४ गते डडेलधुरामा सडक दुर्घटनामा परि गम्भीर घाईते भएका अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवंम अनेरास्ववियू हिस्ट इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष डम्बर धामीको उपचारको क्रममा गत मंसिर १४ गते आकस्मिक निधन भएपछि बुधबार १२ औपुण्य तिथि साथै स्वर्गीय धामीको जन्म दिन पनि परेकोमा अनेरास्ववियूले घोषणा गरेको हो ।

काठमाडौंस्थित काठमाडौंको शंकरदेव क्याम्पसमा शोकसभा स्वर्गीय धामी प्रर्ति श्रद्धाञ्जली अर्पण गरियो थियो भने अनेरास्ववियूका महासचिव महेश श्रेष्ठले हरेक वर्ष पुर्वाञ्चल विश्वविद्यालयबाट वि.इ सिभिलमा सर्वउत्कृष्ट स्थान हासील गर्ने विद्यार्थीलाई उहाँको सम्झनामा इन्जिनियर डम्बर धामी स्मृति पुरस्कार भनी ५१ हजार रुपैयाँ नगद राशी प्रदान गर्ने घोषणा गरेका छन साथै स्वर्गीय धामीको निधनले अनेरास्ववियूलाई मात्र नभएर सिङ्गो विद्यार्थी आन्दोलनलाई नै ठूलो क्षति पुगेको महासचिव श्रेष्ठले बताउनुभयो ।