७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


राजस्व संकलनमा कमी : अध्यक्ष यादव


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुने गरेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको अर्थतन्त्र लगायतका विषयमा भएको छलफलमा अध्यक्ष यादवले यस्तो बताउनुभएको हो ।

अध्यक्ष यादवले भन्सारका सरकारी कर्मचारीहरु जनतालाई सेवा भन्दा पनि आफ्नो लाभको लागि जाने गरेको बताउनुभयो । उहाँले भन्सारमा पछिल्लो समय दैनिक उपभोग्य वस्तु एक किलो चिनी जनताले ल्याउँदा सास्ती भोग्नुपरेको बताउनुभयो । उहाँले भन्सारमा २५ वटा ट्रक सामान आउँदा २ वटाको भन्सार लिएर बाँकी सेटिङमा छाडिदिने गरेको बताउनुभयो । उहाँले भन्सारमा हुने चुहावटलाई सरकारले तत्काल रोक्नुपर्ने बताउनुभयो ।

अध्यक्ष यादवले ट्रक समान भन्सार चेक बिना पास हुने तर एक किलो चिनी ल्याउँदा प्रहरीले जनातालाई यातना दिइरहेको बताउनु भयो । उहाँले यस्तो परम्पराले सरकारको राजश्व संकलन लक्ष्य पूरा हुन नसक्ने बताउनुभयो । उहाँले बैंकहरुबाट लिएको कर्जा तिर्न जान छाडेको गुनासो बैंकर्सहरुको रहेको बताउनुभयो ।