काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर कम्पनीको मूल्य उच्च हुने र बलिया कम्पनी नबढ्ने स्थिति सिर्जना भएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा पूर्वअर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।
पूर्वअर्थमन्त्री महतले कमजोर कम्पनीमाथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुने दाबी गर्नुभयो । उहाँले पुँजीबजार सम्बन्धि नियामक निकायले यस्ता कार्यहरु नजिकबाट नियाल्न आवश्यक रहेको बताउनुभयो । उहाँले सिमित व्यक्ति वा समूहको चलखेललाई नियमन नगरे साधारण लगानिकताको जोखिम बढ्ने अवस्था रहेको बताउनुभयो । उहाँले बजारका हुने गलत गतिविधि रोक्न सरकारले पहल गर्न आवश्यक रहेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री महतले पछिल्लो समय शेयरबजार सीमित व्यक्तिले मात्रै कमाउने ठाउँ बनेको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रमा केही समस्या रहेको भन्दै वर्तमान सरकारले अर्थतन्त्र सुधारको लागि प्रयास गर्ने विश्वास रहेको बताउनुभयो । उहाँले सरकारले विदेशी सहयोगको विषयमा वैदेशिक ऋणको तीतो अनुभव रहेको बताउनुभयो । उहाँले आवश्यकताको आधारमा वैदेशिक ऋण दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्