१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


एनपिएलः लिगबाटै बाहिरियो लुम्बिनी लायन्स


1.027k
Shares

काठमाडौं । काठमाडौं गुर्खाजसँग १८ रनले पराजित लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको लिग चरणबाट बाहिरिएको छ ।

काठमाडौंका बलरहरू चम्कँदा लुम्बिनीले १०४ रनको सामान्य लक्ष्य पछ्याउन सकेन र एनपिएलबाट बाहिरिने पहिलो टिम बन्न पुग्यो ।

जितको लागि १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८५ रनमा समेटियो । लुम्बिनी जित्नैपर्ने दबाबमा थियो । जितको लागि लक्ष्य पनि सहज थियो । लुम्बिनीले बिर्सनलायक शुरूवात ग¥यो ।

ओपनरद्वय आशुतोष घिरोहिया ४ रनमा र अर्जुन साउद ३ रनमा आउट भए । लगतै टम मोर्स ६ रनमा पबिलियन फर्कंदा ३ विकेटको नोक्शानीमा लुम्बिनीले १५ रन मात्र बनाएको थियो । तर यसपछि जारी एनपिएलमा सर्वाधिक रन बनाउने सूचीको शिर्षस्थानमा रहेका कप्तान रोहित पौडेलको विकेट दीपेश कँडेलले लिए ।

८ रन बनाएर रोहित एलबिडब्लु धरापमा परे । यतिखेर लुम्बिनीले ४२ रन जोड्दा ५ विकेट गुमाएको थियो । यसपछि पनि लुम्बिनीको जित सहज नै थियो । ६२ बलमा जितको लागि ६६ रन बनाउनु थियो । तर पनि लुम्बिनीका खेलाडीहरू क्रिजमा टिक्न सकेनन् । उन्मुक्त चन्द १४ रनमा, साद बिन जाफर ० रनमा र विवेक यादव २ रनमा आउट भए ।

५१ रन जोड्दा ७ विकेट गुमाउँदा ५१ रन बनाएपछि लुम्बिनी दबाबमा आयो । यसपछि सन्दीप जोरा २६ रनमा आउट भएसँगै लुम्बिनी हार नजिक पुग्यो । सूर्य तामाङ अवोजित ११ रनमा क्रिजमा रहे पनि लुम्बिनी १८ रनको हार व्यहोर्न बाध्य भयो । बलिङमा कप्तान करण केसीले ४ ओभरमा मात्र १६ रन खर्चेर ४ विकेट लिए । दीपेश कँडेलले ३ र जेराड इरामसले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले १९ ओभर २ बलमा अल आउट हुँदै मात्र १०३ रनमा समेटियो । काठमाडौंको शुरूवात कमजोर रह्यो । उसले ४ विकेट गुमाउँदा २३ रन बानएको थियो । ओपनर माइकल लेभिट डक आउट हुँदा अर्का ओपनर स्टेफन इस्किनाजी १३ रनमा, जेराड इरासमस १ रनमा र सुमित महर्जन ४ रनमा आउट भए ।

टप अर्डरको फितलो प्रदर्शनपछि कुनैपनि खेलाडी क्रिजमा टिक्न सकेनन् । यसपछि भीम सार्कीले सर्वाधिक ३१ रन, ड्यान डाउथवेट २१ रनमा र प्रतिक श्रेष्ठ २० रनमा आउट भए । काठमाण्डुका चार खेलाडीले मात्र दोहोरो रन छोए । बलिङमा सद विन जाफरले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । रामोन सिमोन्डस र अविशेश गौतमले २÷२ विकेट लिए ।

काठमाडौंको चार खेलमा यो दोस्रो जित हो । उसले चार अंक बनाएको छ । ६ खेलमा पाँच हार र एक जितसहित लुम्बिनी दुई अंकसहित लिग चरणबाट बाहिरिएको छ ।