८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


एनपिएल क्रिकेट : जनकपुर सुदूरपश्चिमसँग ७२ रनले पराजित


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा जनकपुर पराजित भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा अहिलेसम्म अपराजित रहेको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले ७२ रनले पराजित गरेको हो ।

पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले १२३ रन बनाएको थियो । जवाफमा ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्स ५१ रनमा खुम्चियो । पाँच खेल खेलेका दुवै टोलीले चार वटा जित र एउटा हार व्यहोरेका छन् ।

आज हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिन लायन्स भिड्दैछन् ।