२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभा हुँदै


0
Shares

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको तस्रो महासभा मंसिर २८ गते काठमाडौंमा हुने भएको छ ।

महासंघको तेस्रो महासभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको महासंघका अध्यक्ष भेषराज लोहनीले जानकारी दिनुभयो । अध्यक्ष लोहनीले महासंघको महासभाको तयारी समेत पूरा भएको बताउनुभयो ।

लोहनीले सभाले नयाँ नेतृत्व समेत चयन गर्ने उल्लेख गर्नुभयो । उहाँले महासभाले विगतदेखि उठाइरहेका घरजग्गा कारोबारलाई व्यवस्थित बनाउने विषयका प्रस्तावहरु रहेको बताउनुभयो । उहाँले शेयर कारोबारका लागि स्टक मार्केट जस्तै घरजग्गा कारोबारको लागि ल्याण्ड मार्केटको अवधारणा र हाउजिङ ल्याण्डपुलिङ अवधारणाहरु ल्याउनुपर्ने विषयलाई जोड दिएको बताउनु भयो ।

अध्यक्ष लोहनीले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउनको लागि ब्रोकर लाइसेन्सका कुराहरु पनि महासभामा लगिने उल्लेख गर्नुभयो ।

महासभामा घरजग्गा कारोवार वृद्धिका लागि कित्ताकाट फुकुवा हुनुपर्ने, शहरी विकास विधेयकलाई अन्तिम रुप दिई ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, हाउजिङ प्लानिङको प्रकृया सहज बनाउनुपर्ने विषयहरु उठान हुने बताउनुभयो ।