७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


अल–बशीर सिरियाको अन्तरिम प्रधानमन्त्री


0
Shares

एजेन्सी । सिरियामा मोहम्मद अल–बशीरलाई सिरियाका लागि अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ । सिरियाका राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउन विद्रोही समूहलाई सघाउन महत्वपूर्ण भूमिका खेलेका बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त हनुभएको हो ।

एक टेलिभिजन सम्बोधनमा मोहम्मद अल–बशीरले उनी अर्को वर्ष मार्च १ सम्म पदमा रहन तयार रहेको घोषणा गर्नुभएको छ । अन्तरिम प्रधानमन्त्री नियुक्त भएपछि बशीरले सानो मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको छ ।

सिरियाको इदलिब प्रान्तको प्रशासनको जिम्मेवारी सम्हालिरहेका बशीरले राष्ट्रपतिलाई अपदस्थ गर्न दशकौंदेखि विद्रोहीको साथ दिएको खुलासा भएको छ ।

अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै उहाँले सिरियाली जनताको हकहित आफनो पहिलो प्राथमिकता भएको प्रतिक्रिया दिनुभएको छ ।