काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णयहरु व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
१८औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले संसद, सरकार र सरकारी संयन्त्रहरुले जनता र राष्ट्रको हित हुनेगरी निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारणले संसदको भुमिका प्रभावकारी हुन नसकेको बताउनुभएको हो ।
संसदको भुमिका प्रभावकारी बनाउन विगतमा गर्न नसकेका कामहरुको कारणसहित उजागर गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले सांसदहरुलाई विकास निर्माणमा केन्द्रित गर्ने कि विधेयक निर्माणमा भन्ने बहस हुन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्