काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायी र सरकारका बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री पौडेलले सरकार र निर्माण व्यवसायीहरुका बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो रु भन्दै प्रश्न गर्नुभयो । उहाँले एकले अर्काको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा हुन नसक्ने बताउनुभयो । उहाँले निर्माण व्यवसायी र सरकारबीचको साझा अभिभारा देश निर्माण भएको बताउनुभयो । सरकार र निर्माण व्यवसायी बीचको सम्बन्ध ट्रयाक भन्दा बाहिर जान दिनु नहुने बताउनुभयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले वास्तविकतालाई बुझेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले बजेट वितरणमा धेरै समस्या रहेको बताउनुभयो । बिना अध्ययन र तयारीका आयोजनाहरुबाट देश बन्न नसक्ने बताउनुभयो । बजेट वितरण प्रणालीमा निर्णायक सुधारको जरुरी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले हालै मात्र केही सिमेन्ट कम्पनीहरुले सिमेन्टको मूल्यमा २ सय रुपैयाँ वृद्धि गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरमा कुनै कुराको मूल्य वृद्धि नभएको तर बजारमा सिमेन्टको मूल्य वृद्धिका कारण भौतिक पूर्वाधार र विकास निर्माणको क्षेत्रमा समस्या भएको बताउनुभयो । सरकार यस विषयमा मुकदर्शक बन्न नहुने र सरकारले के कारणले एक महिनामा दुई सय रुपैयाँ मूल्य वृद्धि भयो भन्नेबारेमा जिम्मेवार भइ सिमेन्ट उद्योगीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
अध्यक्ष सिंहले चिनियाँ निर्माण कम्पनीहरुले नेपालको ऐन, कानूनका कारण विकास निर्माणमा बाधा पुगिरहेको गुनासो गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्