काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको चलचित्र क्षेत्र धेरै कमजोर रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
सञ्चारमन्त्री गुरुङले चलचित्र क्षेत्रमा भएका समस्याहरुको समाधान गर्न आफूहरु लागिपरेको बताउनुभयो । चलचित्र क्षेत्रमा शुरुवातमा भन्दा धेरै विकास भएको भएपनि अझै कमजोर नै रहेको उल्लेख गर्नुभयो । उहाँले बलिउडको छायाँ परेर नेपाली चलचित्र उद्योग कमजोर भएको हुनसक्ने पनि बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले भारतीय चलचित्र क्षेत्रलाई जित्न नसके पनि दक्षिण एशियाका अन्य देशहरुमा उत्कृष्ट बन्न सकिने बताउनुभयो । चलचत्रि क्षेत्रको विकासका लागि आवश्यक कानूनहरु सरकारले बनाइरहेको र बाधाका पहाड तोडेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।
सञ्चारमन्त्री गुरुङले सरकारले सर्प हिँडाइ नभइ भ्यागुतो उफ्राइका रुपमा विकास निर्माणमा काम गरिरहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्