१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


प्रधानमन्त्रीको चीन भ्रमणमा बिआरआई सम्झौता हुनु सुखद् : झलनाथ खनाल


1.352k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बिआरआई) सम्झौता गर्नुभएकोमा खुशी प्रकट गर्नुभएको छ ।

चीन भ्रमण सेकर शनिबार स्वदेश फर्किनुभएका पूर्वप्रधानमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।

नेता खनालले नेपालको तयारी नपुगेपनि अन्तिममा बिआरआई परियोजनामा सम्झौता गर्नु सुखद् पक्ष भएको उल्लेख गर्नुभयो । बिआरआई सम्झौता गर्नु नै थियो भने छिमेकी देशसँग यत्रो नाटक किन गर्नुपरेको रु भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले कसरी विश्वसँगको सम्बन्ध राम्रो बनाउँछ भन्ने उहाँको प्रश्न छ । सम्मानित नेता खनालले प्रधानमन्त्रीको चीन भ्रमणमा आन्तरिक गृहकार्य नपुगेको महशुस आफूले गरेको बताउनुभयो ।

सम्मानित नेता खनालले नेपाल सरकारले अविलम्व पारवहन सुविधा साकार बनाउन तत्काल अध्ययन जरुरी रहेको बताउनुभयो । भारतबाट ४ पटक नाकाबन्दी भोगिसकेको भन्दै पारवहन खुला हुने स्थिति बनेको खण्डमा कहिल्यै पनि नाकाबन्दी भोग्नु नपर्ने उल्लेख गर्नुभयो ।