पाँचथर । पाँचथरमा फाल्गुनन्द गोल्डकपको ११ औं संस्करण आगामी पुस ६ गतेबाट हुने भएको छ ।
सदरमुकाम फिदिममा बिहीबार पत्रकार सम्मेलन गरि ६ वर्षपछि हुन लागेको प्रतियोगितामा मा १० टोलीको सहभागिता रहने जानकारी आयोजक फिदिम स्पोर्टिङ क्लबलले दिएको छ ।
पुस ६ गतेदेखि १५ गतेसम्म फिदिम माविको खेल मैदानमा हुने प्रतियोगिताको पुरस्कार राशि प्रथम हुनेलाई १० लाख र दोस्रो हुनेलाई ५ लाख रुपैयाँ रहेको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्ने पनि आयोजकले बताएका छन् । प्रत्येक खेलमा प्लेयर अफ दि म्याचलाई १० हजार रुपैयाँ दिइने क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले बताउनुभयो ।
प्रतियोगितामा ४ वटा ए डिभिजन क्लब, नेपाल सुपर लिग टोली र आयोजक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्