२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


नेपालमै विद्युत खपत बढाउनुपर्छ : राज्यमन्त्री तामाङ


325
Shares

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपालमै विद्युत खपत गर्न सक्नुपर्नै बताउनुभएको छ ।

फोटो पत्रकार क्लबको मंगलवारबाट काठमाडौंको कला परिषद्मा सुरु भएको पावरिङ-नेपालः उर्जा क्षेत्रमा एशियाली विकास बैंक (एडिबी)-नेपाल साझेदारीको पाँच दशक विषयक फोटो प्रदर्शनीको उद्घाट गर्दै राज्यमन्त्री तामाङले यस्तो बताउनुभएको हो ।

राज्यमन्त्री तामाङले नेपालमा उत्पादित विद्युत अब बेच्नेतिर भन्दा पनि स्वदेशमै खपत बढाउनुपर्नेमा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । उत्पादित विद्युत खपत बढाउन नेपालमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

फोटो प्रदर्शनी मंसिर १८ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने छ ।