५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


शिक्षा विधेयक चाँडो ल्याउनुपर्छ : उपसभामुख राना


351
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानाले शिक्षा विधेयक चाँडो ल्याउनुपर्ने बताउनुभएको छ ।

मंगलबार ललितपुरमा कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरुको प्रभावकारिताबारे छलफलमा बोल्दै उपसभामुख रानाले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म शिक्षा विधेयक बन्न नसक्नु दुःखद् भएको बताउनुभयो ।

उपसभामुख रानाले शिक्षा नीतिले देशको भविष्य निर्धारण गर्ने भन्दै राम्रो नीति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वदेशमै रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई देश विकासमा लगाउनुपर्ने बताउनुभयो ।

उपसभामुख रानाले शिक्षाको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।