काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मंगलबार अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
मन्त्री सुडीले आउँदो आर्थिक वर्षको बजेटमा यस शिर्षकमा बजेट छुट्याउँदै निजी तथा सरकारी निकायहरुसँग समन्वय गरेर देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयता सामग्री प्रदान गरिने बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै दिवसले जीवनयापनको संवैधानिक हक सुनिश्चित गर्न सबैलाई प्रेरणा मिल्ने बताउनु भयो । अपाङ्गता भएका नागरिकको क्षेत्रमा देखिने गरी काम गर्नुपर्ने बताउनुभयो ।
मन्त्री सुडीले गत सरकारले अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्ने भनरे सम्झौता गरेपनि बजेट नछुट्याएको बताउनुभयो । बजेट बन्ने समयसम्म आफू मन्त्री रहेको खण्डमा बजेटको प्रवन्ध गर्दै देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता प्रदान गर्ने उहाँको प्रतिवद्धता छ ।
प्रतिक्रिया दिनुहोस्