८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


शेयर बजारमा दोहोरो अंकको वृद्धि


0
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

बजार परिसूचक नेप्से सोमबार १९ अंकले बढ्दै २७५८ को विन्दुमा पुगेको छ ।

नेप्सेसंगै सोमबार कारोबार रकम पनि बढेको छ । सोमबार विभिन्न कम्पनीको दुई करोड ३० लाख ११ हजार कित्ता शेयर १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये ९ वटा उपसमूह सकारात्मक बन्दा सोमबार पनि ब्यापार उपसमूह सर्वाधिक ९ दशमलव ७० प्रतिशतले बढेको छ भने होटल क्षेत्र ४ दशमलव ९९ प्रतिशतले बढेको छ । तारागाउँ रिजेन्सी होटल, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक ८ दशमलव ७२ प्रतिशत गुमाएका छन् ।

कारोबार रकमका आधारमा सोमबार नेपाल फाइनान्सको सर्वाधिक ५९ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।