८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्बिरहरु)


273
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गर्नुभएको छ । चार दिने चीन भ्रमणका लागि सोमवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन प्रस्थान गर्नुभएको हो ।

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमवार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो । प्रधानमन्त्री ओलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिव लगायत उच्च पदस्थ कर्मचारीहरूले बिदाइ गरेका छन् ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई मङ्सिर १८ गते चिनियाँ समकक्षी छ्याङले स्वागत गर्नुहुने कार्यक्रम छ । त्यसपछि दुई पक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । मङ्सिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।

मङ्सिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नुहुनेछ भने बेइजिङस्थित नेपाली राजदुतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।