काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गर्नुभएको छ ।
शनिबार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गर्नुभयो । कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रुपमा कुरा नभएको दाबी उहाँले गर्नुभयो ।
अध्यक्ष दाहालले समाजमा पीडामा भएका र सेवाको आवश्यक भएका सबैको अभिभावकत्व यथार्थमा राज्यले र सरकारले लिनुपर्ने भएपनि सरकार अहिले एकथोक भनेर अर्कै काम गरिरहेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्