Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


सामाजिक सञ्जालबाट भ्रम फैलाएको भन्दै त्यस्तो नगर्न गृहको चेतावनी


2.5k
Shares

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने चेतावनी जारी गरेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै पछिल्लो समय सामाजिक सञ्जाल मार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै त्यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याउने चेतावनी जारी गरेको हो ।

गृहको विज्ञप्तीमा सामाजिक सञ्जाल लगायतका माध्यम मार्फत द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पु¥्याउनुका साथै सार्वजनिक शान्तिमा नै खलल पुरÞ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै त्यसप्रति मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तीमा जोे कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय गतिविधिलाई कानुनी दायरामा ल्याइने चेतावनी दिँदै त्यस्तो नगर्न नगराउन सम्बन्धित सबैमा आग्रह गरिएको छ ।

Skip This