१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


गोइतले आर्थिक सहयोग गर्न धम्की दिएको मधेश प्रदेशका गृहमन्त्री लेखीको गुनासो


1.573k
Shares

काठमाडौं । मधेश प्रदेशका गृह ,सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले आफू नै असुरक्षित भएको बताउनुभएको छ ।

गृहमन्त्री लेखी स्वयं असुरक्षित रहेको विषयको पुष्टी गृह, सञ्चार तथा कानून मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उहाँले आफैँ पुष्टी गर्नुभएको हो ।

मन्त्री लेखीले आफूलाई आर्थिक सहायताको नाममा जयकृष्ण गोइतले धम्की दिएको बताउनुभयो । आफूलाई केही दिन अगाडि आर्थिक सहयोगका लागि गोइतले फोन गरी धम्की दिएको मन्त्री लेखीले बताउनुभयो ।

आर्थिक सहयोग नगरे देखाइदिने भन्दै धम्की आएको मन्त्री लेखीको भनाइ छ ।