१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


अव्यवस्थित शहरीकरण नेपालको चुनौति : उपप्रधानमन्त्री सिंह


221
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित शहरीकरण नेपालको चुनौतिको विषय बनेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले प्राकृतिक घटनाहरू मात्र नभइ पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि समस्या व्यहोरिरहेको बताउनुभयो । उहाँले नेपाल बारम्बार भूमकम्पीय प्रकोपको चपेटामा परेको उल्लेख गर्दै भारी वर्षा र भारी हिमाली भूगोलले बाढी र पहिरोको जोखिम बढाएको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले हालैका वर्षहरुमा जलवायु परिवर्तनको प्रभावले हिमालयको हिउँ बढी पग्लिएको, हिमताल फुट्ने लगायतका विपद्हरु भोग्नुपरिरहेको बताउनुभयो ।

कोभिड–१९ को विश्वव्यापी प्रभावसँगै बाढी र पहिरो लगायतका विपत्तिले १० वर्षमा नेपालको राष्ट्रिय अर्थतन्त्रमा ठूलो असर पारेको बताउनुभयो ।