काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित लक्ष्य हासिल हुने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।
बुधबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सबै मन्त्रालयको त्रैमासिक कामप्रति असन्तुष्टि जनाउँदै निर्धारण गरिएका लक्ष्य प्राप्त हुनेगरी कामको गतिलाई अझै तिव्रता दिन मन्त्रीहरुलाई सचेत गराउनुभएको हो ।
प्रधानमन्त्रीले राखिएका लक्ष्य अनुसार काम गर्न नसक्ने मन्त्रीलाई पद ओगटेर बस्ने काम गर्न नहुनेतर्फ पनि सचेत गराउनु भएको संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
त्यस अवसरमा मन्त्रीहरुले आ आफ्नो मन्त्रालयको असोज महिनासम्मको कामको ब्रिफिङ प्रधानमन्त्री ओलीलाई गर्नुभएको थियो । त्यस क्रममा मन्त्रीहरुले अन्तर मन्त्रालय समन्वयमा देखिएको समस्याका कारण पनि लक्ष्यअनुसार काम गर्न समस्या भएको धारणा पनि राखेको मन्त्री पाण्डेले बताउनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष सरकारको पहिलो त्रैमासिक कामको नतिजा सकारात्मक देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्