६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


प्रधानमन्त्री ओलीको शुभकामना


598
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको बताउनुभएको छ ।

सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आज शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले हरेक नागरिक सचेत हुनुपर्ने र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर आफूले योगदानमा आधारित सामाजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाको शुरुवात गरेको पनि उल्लेख गर्नुभएको छ ।

उहाँले वर्तमान सरकारले कसैलाई पनि एक्लो र असहाय हुन नदिने आश्वासन पनि दिनुभयो । जनताको साथमा सरकार रहेको भन्दै ओलीले सबैलाई विश्वासमा लिएर अगाडि बढ्न अपिल पनि गर्नुभयो ।