एजेन्सी । भारतको छत्तीसगढमा प्रहरी र नक्सलवादीबीच भएको भिडन्तमा १० नक्सलवादी मारिएका छन् ।
छतिसगढको सुकमा जिल्लाको भेज्जी थाना क्षेत्रमा भएको भिडन्तपछि तीन वटा अटोमेटिक राइफल र अन्य हतियार बरामद भएको सुरक्षा फैजले जनाएका छन् ।
नक्सलवादीहरूको समूह ओडिशा हुँदै छत्तीसगढमा प्रवेश गरिरहेको सूचनाको आधारमा गरिएको कारबाहीमा उनीहरु मारिएका हुन् । सोही क्रममा सुरक्षाकर्मी र नक्सलबादी समुहबीच दोहोरो भिडन्त समेत भएको थियो । भिडन्त कोराजुगुडा, दन्तेसपुरम, नगरम, भण्डारपदरको जंगल पहाडमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्