१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


पाथिभरामा हिमपात


533
Shares

काठमाडौं । तीन हजार ७९४ मिटर उचाइ रहेको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा यो बर्षमा पहिलोपटक हिउँ परेको छ ।

बुधबार राति १२ बजेपछि पाथिभराको मुक्कुमलुङमा हिमपात भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार बुधबार राति १२ बजे पछिदेखि सामान्य हिमपात सुरु भएको थियो । अहिले पनि पाथीभरा क्षेत्रमा हिमपात भइरहेको छ ।

हिमपात भएपछि जिल्लामा चिसो निकै बढेको छ । जल तथा मौसम विज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयका अनुसार बिहीबार बिहानको यहाँको न्यूनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।