१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


साफ यु-२० महिला च्याम्पियनसिप बंगलादेशमा हुने


0
Shares

काठमाडौं । साफ अन्डर- २० महिला च्याम्पियनसिपको आगामी संस्करण बंगलादेशमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ, साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजनास्थल टुंगो लगाएको हो ।

ढाकामा हुने प्रतियोगिता आगामी माघ ११ गतेदेखि फागुन ७ गतेसम्म हुनेछ । यसअघि अन्जना राना मगरको कप्तानीमा रहेको नेपाली अन्डर नाइन्टिन टिम फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । त्यसपछि नेपाली अन्डर ट्वेन्टी टिमले भने अपेक्षित प्रदर्शन गर्न सकेन ।

नेपालले अन्डर एट्टिन, अन्डर नाइन्टिन र अन्डर ट्वेन्टी च्याम्पियनसिपको उपाधि अहिलेसम्म जित्न सकेको छैन । यो प्रतियोगितामा नेपाल दुई पटक फाइनलमा पुगि सकेको छ ।

यता १९ वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप भने भारतले आयोजना गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले भारतलाई प्रतियोगिता आयोजना गर्न दिने निर्णय गरेको हो ।