एजेन्सी । युक्रेनले रुसमा पहिलोपटक अमेरिकाद्वारा आपूर्ति गरिएको लामो दूरीका मिसाइल प्रहार गरेको छ । अमेरिकाले लामो दुरीको क्षेप्यास्त्र प्रहार गर्न युक्रेनलाई दिएको अनुमतिपछि युक्रेनले रुसमा उक्त मिसाइल प्रहार गरेको हो ।
रुसको रक्षा मन्त्रालयलका अनुसार युक्रेनको उत्तरी सिमानामा रहेको ब्रायनस्क क्षेत्रलाई निशाना बनाइ प्रहार गरिएको ८ वटा मिसाइलमध्ये दुईवटा रुसले रोकेको र अन्य मिसाइलले रुसमा सामान्य क्षति पुर्याएको छ ।
रुसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनको यो कदमको विरोध गर्दै वाशिङटनले द्वन्द्वलाई चर्काउन खोजेको आरोप लगाउनु भएको छ । उहाँले यो कदमलाई रुस विरुद्धको पश्चिमी युद्धको नयाँ अनुहारको रूपमा लिने प्रतिक्रिया दिनुभएको छ ।
युक्रेनले गरेको लामो दुरीको मिसाइल प्रहारप्रति बेलायतले प्रतिक्रिया दिंदै युक्रेनले गैर जिम्मेवार काम गरेको जनाएको छ । मिसाइल प्रहारले रुसको केही भवनहरु ध्वस्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्