१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


सेनाको भुमिका प्रशंसनीय : मन्त्री राई


533
Shares

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले विकास निर्माणका कामहरु प्रभावकारी रुपमा सम्पन्न गरिरहेको बताउनुभएको छ ।

रक्षा मन्त्रालयको चौमासिक प्रगति समिक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री राईले सेनाले फास्ट ट्र्याक, कोरिडोर निर्माण, विश्वविद्यालय निर्माण, चुरे संरक्षणका साथै विपद्मा राहत र उद्धारका कार्यसमेत गरिरहेको बताउनुभयो ।

सेनाले तातोपानी क्षेत्रमा बेलीब्रिजहरु बनाइरहेको भन्दै उहाँले सिमिकोटमा तत्काल बाटो जोड्ने जिम्मेवारी पनि सेनाले नै पाएको बताउनुभयो । काठमाडौं–तराई मधेश दु्रतमार्गको खोकना क्षेत्रमा देखिएका समस्याहरुको समाधान नभइसकेको भन्दै उहाँले भौगोलिक निरीक्षण गरेर निस्कर्षमा पुग्ने बताउनुभयो ।

आफूले मन्त्रालय सम्हालेको तीन महिनामा प्राकृतिक विपद् र चाडवाडका बाबजुद पनि सकारात्मक थालनी भएको मन्त्री राईको दाबी थियो ।