१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


१६ घण्टापछि खुल्यो दशरथचन्द राजमार्ग


0
Shares

बैतडी । सुख्खा पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग १६ घण्टापछि सुचारु भएको छ । बैतडीको पाटन नगरपालिका –४ मा जेउडेमा आइतबार साँझ ६ बजेको समयमा पहिरो गएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको थियो ।

डिभिजन सडक कार्यालयबाट आएका ३ वटा इस्काभेटरले पहिरो पन्छाएपछि सोमबार बिहान १० बजेपछि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

राजमार्गको घुम्ती सुधारको क्रममा माथिबाट खसेको सुख्खा पहिराले राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो । प्रहरी र प्राविधिक टोलीले आइतबार राति स्थलगत निरीक्षण गरेको र रातिको समयमा पहिरो पन्छाउन सकिने अवस्था नदेखिएपछि सोमबार बिहानदेखि पहिरो पन्छाउने काम थालिएको हो ।

राजमार्ग सुचारु भएपछि बिचबाटामा रोकिएका लामो तथा छोटो दुरीका सवारीसाधन आ आफ्नो गन्तव्यतर्फ लागेका छन् ।