१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


क्षेप्यास्त्र प्रयोग गर्न युक्रेनलाई अमेरिकाको स्वीकृति


0
Shares

एजेन्सी । अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको लामो दुरीका क्षेप्यास्त्र प्रयोग गरी रुसमा आक्रमण गर्न युक्रेनलाई स्वीकृति दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदम अमेरिकी नीतिको ठूलो परिवर्तन भएको पुष्टि गर्दै लामो दुरीको क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको हो ।

महिनौंदेखि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकालाई लामो दुरीको क्षेप्यास्त्र प्रयोग माथिको प्रतिबन्ध हटाउन आग्रह गर्दै आएकोमा अमेरिकाले उक्त प्रतिबन्ध फुकुवा गर्दै आक्रमणको अनुमति दिएको हो ।

अमेरिको अनुमतिसँगै यु्क्रेनले रुसमा आक्रमणको नयाँ स्वरुप तयार पारेको छ । यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि पश्चिमी राष्ट्रहरूलाई यस्तो कदमको विरुद्धमा चेतावनी दिँदै आउनुभएको थियो ।

पुटिनले अमेरिकाको यो निर्णयलगत्तै आफनो भनाइ सार्वजनिक गर्दै पश्चिमा राष्ट्रहरुलाई यसप्रकारको निर्णयले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।

य्ुक्रेनको विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अमेरिकाले दिएको आक्रमणको यो स्वीकृतिको स्वागत गरेको छ ।