२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


लेबनानमा इजरायली हवाई आक्रमण


0
Shares

एजेन्सी । इजरायलले लेबनानको विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणबाट २८ जनाको मृत्यु भएको छ । लेबनानको राजधानी बेरुतमा गरिएको आक्रमणमा एकै घरका पाँच जनाको मृत्यु भएको छ ।

यसैगरी लेबनानको देइर एल–बालाह शहरको भीडभाड माझ गरिएको हमलामा ६ जना मारिएका छन् । इजरायली सेनाले विगत २४ घण्टामा देशको दक्षिणी क्षेत्र र वरपरका कम्तीमा ४० वटा गाउँहरू जबरजस्ती खाली गर्ने उर्दी जारी गरेको छ । आक्रमणका कारण लेबनानका विभिन्न शहरका भौतिक संरचनाहरु खण्डहरमा परिणत भएका छन् । हजारौं पलायन भएका छन् ।

इजरायलले सैन्य बल प्रयोग गरी नागरिक पूर्वाधारमा सबैभन्दा बढी क्षति पुर्‍याउन थालेको छ भने इजरायलले पछिल्लो समय हवाई आक्रमणलाई तीव्र बनाउँदा सर्वसाधारणको बिचल्ली भएको छ । युद्धबिरामको कुनै संकेत नभएको भन्दै विश्वका कयौं राष्ट्रहरुले चिन्ता व्यक्त गरेका छन् । यी दुई राष्ट्रबीच द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसंघले पहल गरेपनि यसले सार्थकता पाउन सकेको छैन ।