२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


अजरबैजानको बाकुमा जलवायु सम्मेलन


104
Shares

एजेन्सी । अजरबैजानको राजधानी बाकुमा जलवायु सम्मेलन कोप-२९ सुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले तेल, ग्यासलगायत अरु प्राकृतिक स्रोतहरु भगवानको बरदान भएकाले त्यसको प्रयोगमा रोक लगाउन नहुने बताउनुभयो । ती स्रोतहरुलाई जलवायु परिवर्तनको दोष दिन नहुने भन्दै उहाँले आफ्नो देशले शून्य दशमलव १ प्रतिशत मात्रै ग्यास उत्पादन गर्ने गरेको बताउनुभयो ।

विश्वका दुई सय देशका नेताहरु सम्मिलित सम्मेलनमा पेरिस सम्मेलनले निर्धारित गरेको विश्व तापमान वृद्धिदर १ दशमलव ५० डिग्री सेल्सियस भन्दा माथि जानबाट कसरी रोक्ने भन्ने विषयमा वृहत् छलफल गर्दैछन् । बेलायती प्रधानमन्त्री किअर स्टारमरले आजै सम्मेलनलाई सम्बोधन गरी आफ्नो देशले जलवायु परिवर्तन विरुद्धको लक्ष्य कसरी प्राप्त गर्दैछ भन्ने विषयमा बताउनु हुने भएको छ ।

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पनि आजै सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।