१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


अध्ययन बिना सिस्नेरीमा एन्फा एकेडेमी खोलियो – पूर्वफुटबलर सिंह


4.849k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले अध्ययनबिना नै मकवानपुरको इन्द्रसरोवर–३ स्थित वत्सलादेवी माध्यमिक विद्यालयमा एन्फा एकेडेमी स्थापना गरिएको बताउनुभएको छ ।

सिस्नेरीमा गएको पहिरोमा परी निधन भएका एन्फा एकेडेमीका ६ जना छात्रलाई श्रद्धाञ्जली दिन आयोजना गरिएको श्रद्धाञ्जली सभामा पूर्वफुटबलर सिंहले सो आरोप लगाउनुभएको हो ।

पूर्वफुटबलर तथा गोलकिपर सिंहले एकेडेमी खोल्न सो ठाउँ उपर्युक्त छ की छैन भन्ने अध्ययन गर्नुपर्ने भएपनि त्यो काम एन्फाले नगरेको बताउनुभयो । राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहनुभएका सिंहले नेपाली फुटबल अहिले राम्रो स्थितिमा समेत नरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । नेपालका फुटबलर एक भएर विकास गर्नुपर्ने सिंहले औंल्याउनुभएको छ ।

होस्टेलमा बसेर मकवानपुरको इन्द्रसरोवर गाउँपालकिा–३ टेकरस्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थीमध्ये हेटौँडाका अनुपम घलान, बाराको निजगढका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकी, साइमन योञ्जनको पहिरोमा परी मृत्यु भएको थियो । एन्फाका पदाधिकारी, पूर्वफुटबलर र विद्यार्थीले दिवंगतहरुलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

एन्फाले १४ वर्षमुनिका ४० विद्यार्थीलाई गत वर्षदेखि वत्सलादेवी मा।वि।सँगको सहकार्यमा एकेडेमी सञ्चालन गर्दै आएको छ ।