काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने गरी तयारी थालेको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने गरी तयारी थालेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो । उहाँले बैठकमा विधेयकका बारेमा धेरै राम्रो छलफल भएको बताउनुभयो । प्रदेशमा अख्तियार के गर्ने रु बेनामे के गर्ने रु नीतिगत भ्रष्टाचारको बारेमा के गर्ने रु भन्नेबारेमा समिति स्पष्ट हुनुपर्ने जरुरी रहेको बताउनुभयो ।
उहाँले अख्तियारमा मुद्दा परेको समयावधि कति समय भित्र अन्त्य गर्ने भन्नेमा केन्द्रित भएर उपसमितिले छिटै प्रतिवेदन ल्याउने आशा गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्