एजेन्सी । पाकिस्तानको एक रेलवे स्टेशनमा बम विस्फोट हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको क्वेटा शहरको रेलवे स्टेसनमा विस्फोट भएको हो ।
विस्फोटमा अरु ४० जनाभन्दा धेरै घाइते भएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । मृत्यु हुने र घाइतेको संख्या अझै बढ्न सक्ने समाचारमा उल्लेख छ । यात्रुहरूले रेल पर्खिरहेका बेला रेलवे स्टेसनमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
यसैबिच बलुच लिबरेशन आर्मीले हमलाको जिम्मेवारी लिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्