९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


स्थानीय तहको उपनिर्वाचनका लागि सुरक्षा तयारी शुरु


0
Shares

काठमाडौं । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनको सुरक्षा तयारी शुरु भएको छ ।

गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई आवश्यक तयारीमा जुट्न निर्देशन दिएसँगै तीन वटै सुरक्षा निकायले तयारी शुरु गरेका हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जनाएअनुसार निर्वाचनका लागि जनशक्ति, बस्दोबस्तीलगायत निर्वाचन आयोग तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्ने गरी जिम्मेवारी प्रहरी उपरीक्षक सञ्जय थापालाई तोकिएको छ ।